पोखरामा लागुऔषध कारोबारी पक्राउ, पहिलो पटक पेनगन बरामद
पोखरामा पेन गनसहित लागु औषध कारोबारी पक्राउ परेको प्रहरीले जनाएको छ । कलमजस्तै देखिने गन र त्यसमा लाग्ने सात राउण्ड गोली सहीत पोखरा २४ का सागर रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

कलम जस्तै देखिने पेनगन नजिकैबाट प्रहार गर्न प्रयोग हुने गर्दछ । विशेष कुनै कार्यक्रममा वा सम्मान गर्न खादा माला लगाउने क्रममा पेन गन मार्फत् आक्रमण गरिन्छ ।
रानाभाट पोखरा ७ मा बस्दै आएको कोठामा छापा मार्दा लागु औषधको साथै पेन गन समेत बरामद गरिएको हो । रानाभाटलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरहेको छ ।
कास्की प्रहरीले लागु औषधविरुद्ध विशेष अभियान चलाइरहेको छ । त्यही क्रममा प्रहरीले निगरानी, नियन्त्रण लगायतका गतिविधि तीव्र पारेको छ ।
Facebook Comments

