कभना इट अफ पोखरामा

पोखराको लेकसाइड हल्लनचोकमा कभना इट अफ रेष्टुरेन्ट एण्ड कफी सप सञ्चालनमा आएको छ । व्यवसायी विकल्प पाठकले झण्डै १ करोडको लागतमा कभनाको फ्रेन्चाइज रेष्टुरेन्ट एण्ड क्याफे शुरुवात गर्नुभएको हो । रेष्टुरेन्टमा बेकरी, चिया, कफिका साथ फास्ट फुड उपलब्ध हुने संचालक पाठकले जानकारी दिनुभयो ।

आफ्नै रेष्टुरेन्टमा उत्पादित बेकरी तथा कफीका परिकार उपलब्ध हुनेछन् । आफै बनाएर खाउँ (मेक योर वनस्) भन्ने मान्यताका साथ रेष्टुरेन्ट सञ्चालन गर्ने उहाँको भनाई छ । रेष्टुरेन्ट शुभारम्भ कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछाने, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।

क्याफेमा युरोपियन प्रविधिमा आधारित मेसिन राखिएको छ । जुन पोखरामा नै पहिलो भएको अपरेशन म्यानेजर सन्तोष पाठकले जानकारी दिनुभयो । यसका साथै रुफ टफ रेन्टुरेन्ट, गार्डेन बार र ४५ वटा डिलक्स रुमको गोल्डन गेट होटल पनि सञ्चालनमा रहेको छ ।

Facebook Comments