मादी ७ मा झोला बुन्ने तालिम सम्पन्न
मादी गाउँपालिका वडा नं. ७ मा झोला बुन्ने तालिम सम्पन्न भएको छ । महिलाहरुलाई लक्षित गर्दै वडा महिला समन्वय समिति मादि गाउँपालिका –७ ले झोला बुन्ने तालिम आयोजना गरिएको हो ।
प्रशिक्षक माया पुनले झोला बुन्ने तालिम प्रदान गर्नुभएको हो ।

तालिम पश्चात सहभागीहरुले सिकेका सीपलाई व्यवहारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । तालिममा सहभागी ४० जना महिलाहरुलाई सहभागिको प्रमाण पत्र बितरण गरिनुका साथै तालिममा सहभागी मिरु परियार, दोश्रो लिला कुमारी तमाङ र तेश्रो ज्योति परियार उत्कृष्ट प्रशिक्षार्थीका रुपमा सम्मानित भएका छन् ।
समितिका अध्यक्ष उषा थापा मगरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मादी गाउँपालिका उपाध्यक्ष बिष्णु आचार्य पौडेलले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभई बिकास निर्माण र राजनीतिमा पनि अघी बढ्नुपर्ने बताउनुभयो । मादी ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङले तालिमलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो । वडा कार्यलयको सहयोगमा समितिले यस अघि धुप बनाउने तालिम, वुटिक तालिम आयोजना गरिसकेको छ ।

