पोखरा २७ आवास नगरमा आमा समूह गठन
पोखरा महानगरपालिका वडा नं. २७ आवास नगर टोलमा शनिवार भएको भेलाले गंगा कुमारी अर्यालको अध्ययक्षतामा १३ सदस्यीय आवास नगर आमा समूहको गठन गरेको छ ।
समितिकोे उपाध्यक्षमा पार्वती थापा, सचिवमा अमृता बास्तोला, सहसचिवमा विष्णु गुरुङ्ग र कोषाध्यक्षमा पुतली देवी रानाभाट रहनुभएको छ ।
टोल विकास समितिका अध्यक्ष पार्वती गुरुङ्गको अध्यक्षतामा भएको भेलामा आवास नगर टोलविकास उपाध्यक्ष चक्रवहादुर शाही, सचिव चन्द्रकान्त पौडेल, सल्लाहकार डम्बर प्रसाद पौडेल, विष्णु प्रसाद सुवेदी, कृष्ण वहादुर बलछौडी र क्याप्टेन एक वहादुर गुरुङ्ग लगायतले आमा समूह गठनका उद्देश्य र कामका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
आमा समूहले टोलमा सरसफाई, सामाजिक तथा सांस्कृतिक गतिविधि संचालन र संरक्षण, टोलमा आपसी सद्भावको विकास, विभिन्न संघसंस्थासंग समन्वय, महिलाहरुको क्षमता अभिवृद्धिका साथै नैतिक शिक्षा र आचरण सुधार एवं बाल शिक्षाका कार्यक्रम संचालन गर्ने नवनिर्वाचित अध्यक्ष गंगा कुमारी अर्यालले जानकारी दिनुभयो ।

