पश्चिमी वायुको प्रभावले पुनः हिमपात र बर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबारबाट देशभरिकै मौसम प्रभावित भई झरी पर्ने महाशाखाले जारी गरेको मौषम बुलेटिनमा उल्लेख छ । सोमबार बिहानबाट पश्चिमी वायुको नयाँ प्रणालीको प्रभावले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने बुलेटिनमा उल्लेख गरिएको छ ।
महाशाखका अनुसार आइतबार राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सोमबार पश्चिमी भूभाग लगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरूमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मङ्गलबार समेत देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यसपछि भने मौषममा सुधार आउने महाशाखाले जनाएको छ ।

