एटिएम र भिजा कार्डमा समस्या

विभिन्न बैंकका अटोमेटिक टेलर मेसिन (एटिएम) सेवा र भिजा कार्ड सेवा प्रभावित भएको समाचार छ।

आइतबार बिहानदेखि केही बैंकका एटिएमबाट पैसा निकाल्न नमिल्ने समस्या आएकाे हाे ।

एनआइसी एशिया र प्रभु बैंकले एटिएम र भिजा कार्डकाे सर्भर डाउन भएकाे जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पनि केही बैंकको एटिएममा समस्या भएको जानकारी रहेकाे बताउनुभयाे ।

तर कुन कुन बैंककाे एटिएमले काम नगरेकाे भन्ने विस्तृत विवरण भने नआएकाे उहाँकाे भनाइ छ ।

केही सञ्चारमाध्यमले एटीएम सिस्टम नै ह्याक भएकाे समाचार आए पनि निराैलाले भने एटिएम प्रणाली ह्याक भने नभएको जिकीर गर्नुभयाे ।

गएकाे शुक्रबार राति एटिएम ह्याक गरी पैसा चाेरी गर्न लाग्दा पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको जानकारी दिएकाे छ ।

प्रहरीले पक्राउ परेका चिनीयाँबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको जनाएकाे छ । ।

Facebook Comments