पृथ्वी राजमार्ग बस सञ्चालक समितिको रक्तदानमा ७० युनिट रगत संकलन
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले मंगलबार पोखरामा आयोजना गरेको रक्तदानमा कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । समितिले आफ्नौ ४ ७ औं बार्षिकोत्सवको अबसरमा पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कास्की प्रमुख प्रमुख प्रहरी उपरिक्षक ओम रानाले समितिका कार्यालय प्रमुख ज्ञानेन्द्र थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदानको उदघाटन गर्नुभएको थियो । एसपी रानाले सो अवसरमा सामाजिक उत्तरदायित्वका कार्यलाई अझै बढाउन आग्रह गर्नुभयो ।

समितिका महासचिव योगेन्द्रबहादुर केसीले विगत ९ बर्षदेखि समितिले बार्षिकउत्सवको अबसरमा रक्तदान गर्दै आएको बताउनुभयो । कार्यक्रम समितिका अध्यक्ष ऐनकुमार साईको अध्यक्षतामा भएको थियो ।
बसमा निशुल्क यात्राको अवसर
समितिले यसपटक आज रक्तदान गर्नेहरुलाई नेपालका जुनसुक्कै स्थानमा गएपनि समितिको बसमा निशुल्क यात्राको समेत ब्यबस्था मिलाएको छ । समितिका अध्यक्ष ऐनकुमार साईले रक्तदान कार्यक्रम गर्नेलाई नेपालका जुनसुकै क्षेत्रमा गएपनि निशुल्क यात्राको ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।

