पानी सम्बन्धी काम गर्ने संस्था वाकमा पूर्व अर्थमन्त्री पाण्डे उपाध्यक्षमा चयन

एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन हुनुभएकाे छ ।

उक्त संस्थाकाे उपाध्यक्षमा पुर्व अर्थमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य एवं सासंद सुरेन्द्र पाण्डे चयन हुनुभएकाे छ ।

त्यस्तै संस्थाकाे उपाध्यक्षहरूमा पाकिस्तानका महमद अफजल खान भान्डला, कम्वोडियाका चन्दारा, महासचिवमा विज्ञ ज्वाङ सिवाङ लिन चयन हुनुभएकाे छ ।

कोषाध्यक्षमा कोरियाकै सांसद लिन जोयुङ चयन हुनुभएकाे छ । सदस्यमा भने नेपालबाट सांसदद्धय अमृता थापा मगर र रामबाबु यादव चयन हनुभएकाे छ ।

एसियाभित्र पानीको मुद्धालाई सम्वोधन गर्न एसियाली सांसदहरुलको पहलमा यो कार्यक्रम आयोजना गरिएको हो । सम्मेलनमा ६ देशका प्रतिनिधि सहभागि थिए ।

पछिल्लाे समय विश्वका कतिपय मुलुकमा पानीकाे समस्या बढ्दाे छ भने प्राकृतिक श्राेत भएपनि उपयाेगका सम्बन्धमा विवाद हुने गरेकाे छ ।

Facebook Comments