लमजुङको मर्स्याङदी गाउँपालिकाद्वारा ६ वटा वडाका केन्द्र निर्धारण


लमजुङको मर्स्याङदी गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । सभाले वडा नं.१,२,३,४,५, र ७ को वडाको केन्द्र निर्धारण गरेको छ । विभिन्न योजनाहरुको संसोधन र बजेट थप गर्नुको साथै अति आवश्यक योजनाहरुको प्राथामिकताका आधारमा बजेट विनियोजन समेत गरिएको छ ।

जसमा आयमा गत आ.ब.को नगद मौज्दात १ करोड ९८ लाख ८४ हजार १ सय ८२, संघ तथा प्रदेश सरकार सँगको समपुरक कोष तर्फको रु४० लाख, सहाकार्यमा २५ शैयाको अस्पातल स्थापनाका लागि २० लाख, एकीकृत सम्पत्ति कर सम्बन्धि तयारीका लागि तीन लाख, कन्टेन्जेन्सी ५ लाख गरी जम्मा २ करोड ७ लाख १८ हजार सरसफाई संरचना निर्माणमा ३ लाख, सडक तथा पुल निर्माण तर्फ रु ३५ लाख ५० हजार, सर्वाजनिक निर्माणतर्फ १ करोड १९ लाख ८४ हजार १ सय ८२, मेसिनरी तथा औजार तर्फ रु २४ लाख, भवन निर्माण तर्फ ४३ लाख, फर्निचर तथा फिक्चर्स तर्फ २ लाख, सिंचाई संरचना निर्माण तर्फ २७ लाख, विद्युत संरचना निर्माण तर्फ ६ लाख, खानेपानी संचरना निर्माण तर्फ ११ लाख ५० हजार विनियोजन गरिएको छ ।

सभामा सभाका सदस्यहरु बिर बहादुर तामाङ, होमराज तामाङ, बुद्धि प्रसाद गुरुङ, राम प्रसाद सुबेदी, ले.अर्जुन गुरुङ, संचराम गुरुङ, पुर्णकाशी गुरुङ लगायतले प्रस्तावित बजेट र विकास आयोजनाको कार्यन्वयन र बजेट बाडफाँड सम्बन्धि आफ्नो धारण राख्नुभएको थियो ।

सभाले रामप्रसाद सुवेदीको संयोवकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । सदस्यमा बिच्छा बहादुर गुरुङ र कृष्ण कुमारी गुरुङ रहनुभएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको सभामा संशोधन गर्नुपर्ने बजेट तथा प्रस्तावहरु उपाध्यक्ष होम बहादुर बि.क.ले प्रस्ताव गर्नुभएको थियो ।

Facebook Comments