स्वरेकको एम्बुलेन्स अक्षयकोषमा श्याम कुमारी तिवारी द्धारा ११ हजार भन्दा बढि सहयोग

स्याङजाको पर्यटकीय ठाँउ स्वरेकमा सञ्चालनमा आएको एम्बुलेन्स सेवा लाई दिगो बनाउन अक्षयकोष निर्माण अभियान जारीरहेको छ ।
नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले गत असारदेखि एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएकोहो । नेपाल सरकारको कर छुट मनकारीहरुको आर्थिक सहयोगमा स्वरेकमा एम्वुलेन्स सञ्चालनमा आएको हो ।


एम्बुलेन्स सेवा लाई ब्यबस्थित र नमुना बनाउन अक्षयकोष निर्माण अभियान जारीरहेको छ ।यसैविच एम्बुलेन्स सेवा लाई दिगो बनाउन भीरकोट नगरपालिका वडानं ५ पकान घर भई हाल अष्टेलियामा रहनुभएकी श्याम कुमारी तिवारीले ११ हजार १ सय ५१ सहयोग गर्नुभएको हो । तिवारीले नेपाल आएको बेला नमुना स्वरेक सहयोगी समाज स्याङको बैक खातामा रकम जम्मा गर्नुभएको हो ।
स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्स कुनै महिना १४ पटक सम्म स्वरेक बाट पोखरा पाल्पा आउने जाने गरेको समाजका अध्यक्ष घनश्याम पाण्डेयले बताउनु भयो । एम्वुलेन्स दिगोरुपमा गुडाउन सवैको साथ र सहयोगले मिल्दै गएको भन्दै पाण्डेय सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभएको छ । यसैविच समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले स्वरेकमा महत्वपुर्ण कार्य भएकोले दिगो बनाउन सवैको साथ र सहयोग आबश्यक पर्ने बताउनु भयो । अभियानका संयोजक भेषराज पराजुलीले सहयोग रकम घोषणा गरेर सहयोग गर्नेहरुको अब नाम सार्वजनिक गर्ने बताउनु भयो । स्वतस्फुर्त बोलेका केहीबाट रकम प्राप्त नभएको भन्दै पराजुलीले बोलेको पुरै रकम दिन नसकेपनि कमसे कम थौरै रकम सहयोग गरेर भएपनि अक्षयकोष अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

Facebook Comments