४ महिना अघि १ करोडको विमा गरेर श्रीमतीको हत्या
पोखरामा रमेश नेपालीले आफ्नो श्रीमतीको हत्या लामो योजनापछि भएको शंका गरिएको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार रामबजार बस्ने रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई हत्या गर्नु ४ महिना अगाडि १ करोडको विमा गरेको खुलेको छ ।
१ करोडको विमा गर्नु र आफन्तसँगको कुराकानीका आधारमा लामो समयदेखिको योजनाबाट हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
त्यस्तै ४ महिना अघि लक्ष्मीको युनियन लाइफ इन्सुरेन्समा १ करोडको बिमा भएको जनाइएको छ । यसले प्रहरीलाई थप अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको छ ।
प्रहरीले करोडका लागि यो घटना घटाएका त होइनन् भन्ने प्रश्न उठाएको जनाएको छ । यसमा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।
अर्की महिलासँगको प्रेम सम्बन्धमा परेका रमेशले लक्ष्मीलाई औषधि गर्न भनेर पोखरा २२ को पुम्दिभुम्दि लगेर मारेको र घटनामा अरु पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

लक्ष्मीको हत्या भएको २५ दिनपछि अस्थिपन्जर पेला पारेको थियो । एक बर्ष अगाडि देखि नै योजना बनाएको जस्तो देखिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

