मैयादेवी कन्या कलेजलाई १ कराेड बढीकाे सहयाेग

भरतपुरको मैयादेवी कन्या कलेजलाई एकै व्यक्तिबाट १ कराेड बढी सहयाेग प्राप्त भएकाे छ ।

अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएकाे हाे ।

नेपाल आएको समयमा प्रधानले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ रहेकाे बुझिएकाे छ । सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने कलेजले जनाएकाे छ ।

Facebook Comments