दिपशिखामा सकारात्मक सोच सहितको उद्घोषण तालिम सम्पन्न

पोखरा २९ को भण्डारढीकमा रहेको दिपशिखा बहुउदेस्यीय सामुदायिक सिकाई केन्द्रको आयोजना र पोखरा महानगरपालिका शैक्षिक प्रशासन माहासाखाको आर्थीक सहयोगमा चार दिने सकरात्मक सोच तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

विभिन्न आमा समुह तथा टोल बिकास सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको तालिमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले सिकाई नसकिने यात्रा भएकाले समाज परिवर्तनका लागि आफुले सिकेका विषय बस्तुलाई स्थानिय स्तरमा प्रयोग गरि सभ्य र सुसस्कृतीक समाज निर्माणको अभियानमा जुट्न सवैलाई अनुरोध गर्नुभयो ।

समाज परिवर्तनका लागि हामी सवैमा सकारात्मक सोचको विकास हुनु पर्नेमा जोड दिदै उप मेयर गुरुङले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि महानगरपालिकाले विभिन्न सिप मुलक र स्वरोजगारका कार्यक्रम ल्याएकाले हातमा सिप र मनमा जोस जागर भएकालाई सहुलियत दरमा ऋणको ब्यवस्था गरेकाले त्यसको भरपुर मात्रमा उपयोग गरि उद्यमशिल हुन महिलाहरुलाई आग्रह गर्नुभयो ।

दिप सिखा बहुउदेस्यीय सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, वडासदस्य निर्मला पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रशिक्षक घनश्याम पाण्डे र सहभागी बृन्दा सुवेदी, शिसिर ढकाल, मञ्जु सुनार, हिरा पौडेल र बुद्धिमाया गुरुङ लगाएतले तालिम उपयोगी र फलदायी भएको विचार ब्यक्त गर्नुभएको थियो ।

Facebook Comments