अमेरिका र चीन व्यापार वार्ता सूचारु गर्न तयार
अमेरिका र चीन अवरुद्ध रहेको व्यापार वार्तालाई पुनः सूचारु गर्न तयार भएका छन् । जापानमा जी-२० बैठकमा भएको साइडलाइन वार्ताका क्रममा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र चीनका राष्टपति सी जिनपिङ व्यापार वार्तालाइ सूचारू गर्ने सहमति भएको हो ।
यसअघिकाे व्यापार वार्ता विफल भएपछि अमेरिकाले ३०० अर्ब डलरका सामानमा अतिरिक्त कर लगाउने चेतावनी दिदैं आएको थियो । वार्ता एकदमै राम्रो भएको भन्दै अमेरिकी राष्टपति टम्पले अतिरिक्त भन्सार कर तत्काल नलगाउने बताउनुभएको छ ।
अमेरिका र चीनवीच व्यापारका क्षेत्रमा तनाव भएपछि एक अर्का देशका उत्पादनमा भन्सारमा भारी अतिरिक्त शुल्क लगाउने घोषणा गर्दै आएका छन् । दुई ठूला अर्थतन्त्र भएका मुलुकवीचको व्यापार तनावले विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने विज्ञहरुको भनाई छ ।
Facebook Comments

