राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँ घोषित भएको छ ।

गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो बर्ष उत्कृष्ट पर्यटकिय गाऊ घोषित भएको हो ।

अमेरीकी नागरीक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेका छन् ।

बर्षनी राईनास जाने पर्यटकहरुको संख्या बृद्धि हुदै गएको छ । बर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आक्रसित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे परिपरिको बाताबरण, सास्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिनुभयो ।

राईनासकोटको बारेमा पत्रकार बिक्रम न्यौपानेले र्निमाण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिधामा पुरस्कृत समेत भएको थियो ।

राईनासकोटमा अहिले विभिन्न म्यूजिक भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ्ग,गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ ।

यो बिधामा यस अघि लमजुङ्गकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो ।

राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन ।

प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा बंशिय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ ।

काठमान्डौमा हुने एक बिषेश समारोहका बिच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरीने भिटोफ नेपालका केन्दीय अध्यक्ष धुब्र सिंखडाले जानकारी दिनुभयो ।

Facebook Comments