लागूऔषध नियन्त्रणका लागि कास्कीमा निःशुल्क परामर्श सेवा प्रदान गरिने

कास्कीमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत निःशुल्क परामर्श केन्द्र निर्माण भएको छ ।

परामर्श केन्द्र सञ्चालन पछि लागूऔषधको सेवन र कारोवारलाई नियन्त्रण एवं न्यूनीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लागू औषध प्रयोगकर्तालाई परामर्शदाताबाट निःशुल्क परामर्श सेवा उपलब्ध गराइने बताइएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९मा सामुदायिक प्रहरी जिल्ला समन्वय समितिको भवनमा निःशुल्क परामर्श केन्द्र राखिएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो समस्याहरुलाई थाती राखेर नागरिकको सेवामा प्रहरी कर्मचारी खटिएको र नागरिक र प्रहरीको सहकार्यले मात्र समाजमा शान्ति अमन चयनलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

नागरिक सचेतनाको माध्यमबाट अपराध न्यूनीकरण, लागू औषध प्रयोगको न्यूनीकरण हुन सक्ने हुँदा प्रहरी र समुदायवीच सहकार्य बताउनुपर्ने बताउनुभयो ।

खनालले अन्य स्थानीय तहमा समेत लागू औषध प्रयोगकर्तालाई निःशुल्क परामर्श सेवा तथा मनोसामाजिक परामर्श दिने उद्देश्यका साथ परामर्श केन्द्र खोल्न प्रयत्न भइरहेको जानकारी दिनुभयो । यस्ता कर्याले समाजमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाई रहेको छ ।

Facebook Comments