कोरोना भाइरसको संक्रमण फैंलदो

चीनको वुहान, सेन्जेन र बेजिङमा कोरोना भाइरसको संक्रमणका कारण १ सय ३९ जना बिरामी परेको चिनीया अधिकारीहरुले बताएका छन् ।

यसअघि कोरोना भाइरसका कारण वुहान सिटीमा सयौं प्रभावित भएको अनुमान गरिएको थियो ।
बिबिसीले कोरोना भाइरसका कारण विरामी पर्ने संख्या १७०० हुन सक्ने भन्दै समाचार प्रकाशित गरेको थियो ।

यसअघि थाइल्याण्ड, जापान, हङकङ लगायतका स्थानमा कोरोना भाइरस देखिएको बताइएको छ ।

चीनमा यो भाइरसले प्रभावितको संख्या अझै बढ्न सक्ने बताइएको छ । यही कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भइसकेको चिनीयाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

Facebook Comments