साेनाम ल्हाेछारका अवसरमा वाग्मती प्रदेशमा सार्वजनिक विदा

सोनाम ल्होछारको अवसरमा शुक्रबार वाग्मती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको वाग्मती प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

राजधानी काठमाण्डाै उपत्यकाका ३ जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरमा रहेका केन्द्र मातहतका सरकारी कार्यालय भने विदा नहुने बताइएकाे छ । प्रदेशका अन्य जिल्लामा रहेका सरकारी कार्यालय, सार्वजनिक संस्था र शैक्षिक संस्था भने विदा हुने बताइएकाे छ ।

राजधानीका ३ जिल्ला रहेका प्रदेश मातहतका कार्यालयमा भने विदा लागू हुनेछ ।

Facebook Comments