काेराेना प्रभावः लकडाउन(प्रतिबन्ध) पालना गर्न सरकारकाे अपिल

 नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ (घरबाहिर निस्कन प्रतिबन्ध) लगाएकाे छ ।

साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

सरकारले काेराेना भाइरस संक्रमण राेक्नका लागि चीनमा अभ्यास गरिएजस्तै मुलुक लकडाउन(प्रतिबन्ध)काे निर्णय गरेकाे हाे ।

यसअघि साेमबारमात्रै काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

सरकारले घाेषणा गरेकाे लकडाउन(प्रतिबन्ध) उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी ब्यवस्था रहेकाे छ ।

सरकारले संक्रामक राेग ऐन-२०२० अनुसार मुलुकभर प्रतिबन्ध लगाएकाे छ ।

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

गृह मन्त्रालय मातहत स्थानीय प्रशासनले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँन सक्न्ने प्रावधान छ । सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहले समेत लकडाउन गर्न सक्छन ।

तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

Facebook Comments