बालकमाथि यौन शोषण: पोखराबाट अष्ट्रेलियन नागरिक पक्राउ

बालकमाथि यौन शोषण गरेको आरोपमा पोखराबाट एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् । प्याराग्लाइडर समेत रहेका ६३ वर्षिय थोमस अल्फ्रेड बेरिम्यानलाई प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका नाबलकलाई लोभ लालच देखाएर अप्राकृतिक मैथुन गरि रहेको अवस्थामा केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले थाेमसलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा बस्दै आएका थाेमस कामदार भिसामा नेपाल आइ प्याराग्लाइडिङ कम्पनीमा कार्यरत रहेकाे बताइएकाे छ ।

पेसाले प्याराग्लाइडर समेत रहेका थोमसलाई प्रहरीले कानुन अनुसार कारबाही अघि बढाउने जनाएको छ । 

Facebook Comments