प्नधानन्यायाधीशद्वारा सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) आह्वान
सर्वाेच्च अदालतमा फुल काेर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्दैछ । प्रधानन्यायाधीश र न्यायधीशरू विवादित व्यक्ति इनम सापकाेटासँगकाे संवाद र भेटघाटकाे बिषय सार्वजनिक भएपछि फुल काेर्ट बैठक बस्न लागेकाे हाे ।
प्रधानन्यायधीश डा. मनाेज शर्माले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरी फुल काेर्ट बैठक बस्ने निर्णल लिनुभएकाे हाे ।
शुक्रबार बिहान समसामयिक विषयमा छलफलका लागि फूल कोर्ट बस्ने सूचना जारी भएको छ । यसैवीच न्यायधीश, उच्च प्रशासन र प्रहरी लगायतका निकायसँगकाे सम्पर्कले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका इनम सापकोटाकाे विरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्री कार्यालयमा उजुर गराएको पाइएको छ ।
न्यायाधीशहरूको उजुरीका आधारमा नै प्रधानमन्त्री कार्यालयको निर्देशनमा नेपाल प्रहरीले इनमलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलसँगको संवाद प्रकरणमा जोडिएका इनम सापकोटाले लामो समयदेखि न्यायाधीशहरूलाई प्रभावमा पार्न सक्रिय रहेकाे देखिएकाे छ ।
इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला सापकाेटाले ‘ह्वाट्सएप म्यासेज’ मा गरेका कुराकानी सार्वजनिक भएका छन् ।
इनम सापकाेटा प्रसंगले सुरक्षा निकाय, न्यायलय कुटनीतिक नियाेग समेत तरङ्गित बनेकाे छ ।

