हङकङमा चिनीयाँ जनमुक्ति सेना परिचालन हुन सक्ने

चीनले हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने बताएको छ।

‘एक देश दुई व्यवस्था’ अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा आइतबार प्रदर्शनकारीले  चीनको सम्पर्क कार्यालयमा आक्रमण गरेपछि बेइजिङकाे यस्ताे प्रतिक्रिया सार्वजनिक भएकाे हाे ।

सम्पर्क कार्यलयमा भएकाे आक्रमण को निन्दा गर्दै चीनकाे सरकारले हङकङ नगरको सरकारले आग्रह गरे जनमुक्ति सेना हङकङमा परिचालन हुने बताएको हो।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू छियानले आइतबारको आक्रमणले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको टिप्पणी गर्नुभएकाे छ।

‘हङकङमा भइरहेको विकासक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं, विशेषगरि जुलाई २१ मा केन्द्रीय सरकारको सम्पर्क कार्यालयमा भएको हिंसात्मक आक्रमणलाई,’ बुधबारको पत्रकार सम्मेलनमा वुले भने,‘प्रदर्शनकारीका केही व्यवहारले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेका छन्। जुन सह्य छैन।’

हङकङमा जनमुक्ति सेना अहिले पनि छ। तर सहरमा परिचालन हुन स्थानीय सरकारले बेइजिङलाई अनुरोध गर्नुपर्छ।

हङकङमा केही महिनादेखि सरकारले ल्याएको सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ।

उक्त विधेयकमा हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने व्यवस्था छ।

Facebook Comments