स्याङजाली दिदि बहिनी एकता समाजद्धारा तीजको अबसरमा शुभकामना आदानप्रदान


स्याङजाली दिदि बहिनी एकता समाजले पोखरामा तीजको शुभकामना आदन प्रदान सम्पन्न गरेको छ । स्याङजा जिल्ला घर वा माइत भई पोखरामा बसोबास गर्दे आएका दिदि बहिनीहरु आबद्ध समाजले बुधबार पोखरामा शुभकामना आदान प्रदान संगै नाचगान गरेर मनाएको हो ।


गत बर्षबाट तीजको अबसरमा आयोजना गर्न लागेको शुभाकामना आदान प्रदान कार्यक्रममा महिलाहरको उलेख्य सहभागीता रहेको अध्यक्ष संगीता पाण्डेयले बताउनुभयो ।

सो अवसरमा दिदीबहिनीहरुले शुभकामना संगै नाचगान गरेर रमाइलो गरेका थिए । कार्यक्रममा स्याङजाली सम्पर्क सदन पोखराका अध्यक्ष लिलाप्रसाद पंगेनीले महिलाहरु एक जुट भएर यस्ता कार्यक्रमले महिलाहरुको शसक्तिकरणमा पनि टेवा पुग्ने बताउनु भयो ।

महिलाहरु घरमा मात्रै सिमित रहेको परिवेशमा तीजले बाहिर आउन सहयोग पु¥याएको बताउनु भयो । स्याङजाली सम्पर्क सदन सवै चेलीहरुको माइती भएको भन्दै उहाँले आफुहरुले गर्ने शुभकामना तथा दर खाने कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो ।


स्याङजा घर भई पोखरामा क्रियाशिल पत्रकार घनश्याम पाण्डेयले तीजको अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रमले दिदि बहिनीहरु मात्रै भेटने मात्र्रै नभएर मनमा मन मिलाउने काम गरेको बताउनु भयो । पाण्डेयले समाजमा राम्रो काम गर्नुपर्नेमा जोड दिदै सम्पुर्र्ण सहभागीहरुलाई शुभकामना ब्यक्तगर्नुभयो । एकता समाजका सचिव सपना गिरीले दिदि बहिनी एकता समाजले सवै दिदि बहिनी संग नजिक हुने अबसर मिलेको बताउनु भयो ।


एकता समाजका अध्यक्ष संगीता पाण्डेले हिजोको दिन जस्तो आफ्नो घर मात्र माइत नभएर अहिले खुलेका समाजनै चेलिको लागि माइती भएको बताउनु भयो । हिजो दाजु भाई लिन नआएर घरमै रोयर बस्ने दिदि बहिनी अहिले भने समाजहरुले गर्ने विभिन्न कार्यक्रमले गर्दा माइती आए जस्तो हुने बताउनु भयो ।

Facebook Comments