माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा
पोखराको लेकसाइडमा रहेकाे माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । रिसोर्टले गत शनिबार दसौं वार्षिकोत्सव मनाएको छ ।
१० वर्ष अगाडि २४ वटा कोठाबाट सञ्चालनमा आएको रिसोर्टमा अहिले सुविधा सम्पन्न ५१ वटा कोठाहरु छन् भने ८२ जनाले राेजगारी पाएका छन् ।
७ करोड रुपैयाँ लगानीबाट शुरू भएकाे रिसोर्टलाई आधुनिक र सुविधा सम्पन्न बनाउने क्रममा हालसम्म १८ करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयाे ।
रिसोर्टमा अहिले ३ वटा अपार्टमेन्ट छ । पर्याप्त पार्किङ तथा स्वीइमिङपुलको सुविधा रहेको रिसोर्टले फोर स्टार रिसोर्ट सरहको सेवा प्रदान गर्दै आइरहेको छ ।
पोखराको माउन्ट कैलाश रिसोर्ट विभिन्न अवार्ड जित्न सफल छ । फ्रान्सको राजधानी पेरिसमा ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड गोल्ड क्याटागोरी’ प्राप्त गरेको रिसोर्टले युकेबाट ‘वेस्ट इन्टरप्राइजेज अवार्ड’ प्राप्त गरिसकेको छ ।
रिसोर्टले ‘मेनेजर अफ द इयर मेडल’ समेत जितिसकेको छ । पोखरामा आयोजना हुने विविध कार्यक्रमका लागि समेत रिसोर्ट पहिलो रोजाईमा पर्ने गरेको भट्टराईले उल्लेख गर्नुभयाे ।

