पाकिस्तानमा गुडिरहेकाे रेलमा आगलागी
पाकिस्तानमा गुडिरहेको एउटा रेलमा आगलागी भएकाे छ ।
राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ र ४२ घाइते भएकाे बताइएकाे छ ।
बिहीबार बिहान आगलागीकाे कारण भने सिलिन्डर विस्फोट रहेकाे पाकिस्तानी सञ्चार माध्यमहरूले उल्लेख थगरेका छन् ।
आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।
घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको स्थानीय सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
Facebook Comments

