पाेखरा २० माैजामा ढिस्काेले पुर्दा ३ जनाकाे मृत्यु
पोखरा महानगरपालिका–२० मौजाको विसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुँरिदा ३ जनाकाे मृत्यु भएकाे छ ।
सडक निर्माणमा संलग्न मजदुर माटाेकाे ढिस्काे भत्कदा पुरिएका हुन् ।
साेही वडाका अध्यक्ष सिमबहादुर गुरूङका अनुसार तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।
उहाँका अनुसार सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको छ ।
अहिले प्रहरी घटनास्थल पुगेकाे छ भने विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments

