बर्षा र हिमपातले जनजीवन प्रभावित
बर्षात् र हिमपातका कारण मुलुकभर चिसाे बढेकाे छ । चितवन, कास्की, नवलपरासी, गाेर्खा, बाँके, बर्दिया लगायत पश्चिमी क्षेत्रमा पानी परिरहेकाे छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात भएकाे छ । हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन प्रभावित बनेकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना रहेको छ।
विभाग अन्तर्गत माैसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिन अनुसार हाल देशभरको मौसममा सामान्य बदली रहेको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार र आइतबार समेत माैसममा बदलाव हुनेछ ।
पौष १९ गते (शनिबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
विभागले मौसम बदली संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
विभागले ३ दिनकाे माैसम बुलेटिन जारी गर्ने गर्दछ ।

