३ हजार ६५१ जनामा संक्रमण पुष्टि, २२ काे मृत्यु
पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८४ जना निको भएका छन् ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । तीमध्ये १० हजार १०११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लाे समय अस्पतालमा उपचारका लागि भर्ना हुने काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ ।
Facebook Comments

