गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेद्वारा कर्मचारीमाथि हातपात
सम्झाएकाे मन्त्रीकाे दावी
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)काे कार्यकक्षमै कर्मचारीमाथि हातपात भएकाे छ ।
मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि मन्त्री मनाङेबाट नै हातपात भएकाे हाे । युवा राेजगार सम्बन्धि कार्यक्रमकाे प्रस्ताव मन्त्रीपरिषद्मा पठाउने फाइलका सम्बन्धमा मन्त्रीकाे असन्तुष्टि थियाे ।
मन्त्रीपरिषद्मा लैजाने फाइलमा गम्भीर त्रुटी भेटिएपछि मनाङे ओझासँग रूष्ट भएकाे बुझिएकाे छ ।
मन्त्री मनाङेले भने फाइलकाे त्रुटीका सम्बन्धमा सम्झाएकाे दाबी गर्नुभएकाे छ । कुटपिट गर्न परे ठूलै मान्छेलाई गर्ने मनाङेकाे भनाइ छ ।
Facebook Comments

