रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विराेध
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको अध्यक्षमा भट्टराईलाई निर्विराेध चयन गरेकाे हाे ।
समितिमा निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम चयन हुनुभएकाे छ ।
समितिकाे महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेल रहनुभएकाे छ ।
त्यस्तै समितिका सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन हुनुभएको छ ।
Facebook Comments

