नक्कली भुटानी शरणार्थी प्रकरणः छानबिनमा पूर्वाग्रह साँधिएकाे एमालेकाे शंका

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सरकारले आफ्नाे दलप्रति पूर्वाग्रह साँधेको निष्कर्ष निकालेको छ ।

पार्टी सचिव टोपबहादुर रायमाझीलाई यो प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ पुर्जी जारी भएपछि केही दिन माैन रहेकाे एमालेले मंगलबारकाे सचिवालय बैठकपछि छानबिनमा एमालेप्रति लक्षित गरी प्रहार भइरहेकाे निष्कर्ष निकालेकाे छ ।

एमालेकाे सचिवालय बैठकमा नेताहरूले पार्टी सचिव टाेपबहादुर रायमाझी फरार भएकाले दाेषी भएकाले फरार भन्ने जस्ताे परेकाले तत्काल प्रहरीकाे छानबिनमा सहयाेग गर्नुपर्ने बताएका थिए ।

एमालेको अन्य मुद्दामा छानबिनकाे माग गरेपछि सत्तारुढ सांसदहरूले त्यसलाइ नक्कली शरणार्थी प्रकरण फितलाे बनाउने प्रपन्च भनेका छन् ।

यसैवीच सचिवालय बैठकले केन्द्रीय कमिटीको पाँचौँ बैठकका एजेण्डा तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको २२औं बैठकले केन्द्रीय कमिटीमा छलफल हुने विषयहरूका बारेमा छलफल गरी विभिन्न दश एजेण्डा तय गरेको हाे ।

यही बैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमा बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ भने केन्द्रीय कमिटीको गत २०७९ भदौ १० र ११ गते बसेको चौथो बैठकयता सचिवालय बैठकबाट गरिएका निर्णयहरूको जानकारी र अनुमोदन गरिनेछ ।  

Facebook Comments