तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले पौष १५ गते तमु ल्होसार पर्व(गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा सार्वजनिक विदा प्रदान गरेको छ ।

आन्तरिक मामला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक एवं सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने जनाएको हो । प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ । तमु समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी फो ल्होसार मनाउँदैछन् ।

Facebook Comments