इजिप्टमा गराइको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते

इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा ३ जना पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा ३ जना भियतनामी पर्यटक र १ स्थानीय गाइडको मृत्यु भएको हो । घटनामा १२ जना घाइते भएका छन् ।

भियतनामबाट गएका १४ जना पर्यटकलाई लिएर गइरहेको बस जिगा पिरामिड नजिकैको बाटोको छेउमा विस्फोट भएको हो । दुर्घटनामा घाइते १२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारीले कसैले पनि लिएको छैन । यसअघि इस्लामिक स्टेटले पर्यटकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको बताइएको छ ।

Facebook Comments