नेपाल स्वास्थ्यकर्मी संघ, गण्डकीमा पेशागत समूह विजयी

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्यमा भने प्रगतिशील समूहका किरण श्रेष्ठ विजयी हुनुभएको छ । अन्य १० जना भने पेशागत समूहबाट बिजयी भएका हुन् ।

अध्यक्षमा पेशागत समूहका सन्तोष पौडेलले ९५ मत सहित बिजयी हुनुभएको हो । उहाँका प्रतिश्पर्धी प्रगतिशील समूहका बाबुराम आचार्यले ९० मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि पेशागतकै केशवराज अधिकारीले १ सय मत सहित बिजयी हुनुभएको छ । त्यस्तै सचिवमा नारायण सापकोटा १ सय ४मत, सहसचिवमा सुवास बराल ९८ मत, र कोषाध्यक्षमा अञ्जु अधिकारीले १ सय ७ मत सहित विजयी बन्नुभएको छ ।

त्यस्तै खुला सदस्यहरुमा पेशागत समूहका पवित्रबाबु सोती १०९, इन्द्र आचार्य १०३, विश्वास सुवेदी १०३ बिजयी र प्रगतिशिल समूहबाट किरण श्रेष्ठले ९५ ल्याएर विजयी बन्नुभएको छ । समावेशी महिलामा उषा अधिकारीले १ सय १२ र समावेशी जनजातितर्फ सोनम मगरले ९१ मत ल्याएर सदस्यमा बिजयी हुनुभएको छ ।

Facebook Comments