भीरकोट पोखरा सामीप्य सदन द्वारा विद्यार्थीलाई स्वरेकमा न्यानो कपडा वितरण
भीरकोट पोखरा सामीप्य सदनले स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा न्यानो कपडा वितरण गरेको छ । भीरकोट नगरपालिका वडानं ५ तिलाहारनेटा आधारभुत विद्यालयमा रहेका ३१ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरीएको हो ।
नर्सरी देखि कक्षा ३ सम्म पढाई हुने विद्यालमा अध्ययनगर्ने ३१ जना विद्यार्थी मध्य ९० प्रतिशत दलित समुदायका बालबालिका अध्ययनरत रहेका छन् ।विद्यार्थीहरुलाई न्यानोकपडा वितरण गर्दे भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले २०७६ साल भित्र भीरकोट नगरपालिकाकालाई बालमैत्री नगरघोषणा गर्ने तयारी रहेको बताउनु भयो ।
मेयर खनालले मर्ज हुने अबस्थामा पुगेको तिलाहारनेटा विद्यालयमा अहिले विद्यार्थी सख्यामा बृद्धि भएको भन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षामा कुनै कन्जुसाई नगरी शिक्षण गराउन शिक्षकहरुलाई निर्देशन दिनुभयो ।
मेयर खनालले मर्ज हुने अबस्थामा पुगेको तिलाहारनेटा विद्यालयमा अहिले विद्यार्थी सख्यामा बृद्धि भएको भन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षामा कुनै कन्जुसाई नगरी शिक्षण गराउन शिक्षकहरुलाई निर्देशन दिनुभयो ।
भीरकोट नगरपालिका वडानं २का वडा अध्यक्ष कमल विकास त्रिपाठीले स्कुलको अबस्था नाजुकरहेकोले नगरपालिकाले गर्नपर्ने सहयोगको लागि आफुहरुले पहल गर्ने बताउनु भयो ।वडानं ५का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले आफ्नै वडा कार्यालयको आडमा रहेको विद्यालयको अबस्था सुधारगर्न लागिपर्ने बताउनु भयो ।
नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष एवं रेडियो गण्डकी पोखराका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले अरुलाई सहयोग गर्न पाउदा खुशीलाग्ने गरेको बताउदै विद्यालयमा सहयोग गर्ने दाताहरु भेटीने तर शिक्षाको गुणस्तरीयता कायम गराउने काम विद्यालयको भन्दै विद्यालयको पढाईमा सुधार ल्याउन पर्नेमा जोड दिनु भयो ।

पाण्डेयले आफुले आफ्नो ठाउँको लागि भने जति गर्न नसके पनि सके जति सहयोग गर्देआएको बताउनु भयो । भीरकोट पोखरा सामीप्य सदन विच सम्बन्ध जोडिएको भन्दै मनमा मन मिलाउने काम भएको बताउनु भयो ।
भीरकोट पोखरा सामीप्य सदनका अध्यक्ष श्याम प्रसाद रेग्मीले भीरकोट नगरपालिका घरभई पोखरामा बसोबास गर्नेहरु विच एक आपसमा भाइचराको बृद्धि गर्दे आफुहरुको संग भएको ज्ञानसिपलाई भीरकोटको समृद्धिको लागि सहयोग गर्ने उद्देश्यले सामीप्य सदन गठन भएको बताउनु भयो ।
सदनका उपाध्यक्ष लीलाप्रसाद पंगेनीले सामीप्य सदनले यस अगाडि वडानं ९को र्सिकोट, साउन्दी र ठुली भञ्ज्याङको विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको बताउनु भयो ।

तिलाहारनेटा आधारभुत विद्यालय ब्यस्थापन समितिका अध्यक्ष दामोदर तिवारीले विद्यार्थीलाई न्यानोकपडा विरतण गरेकोमा सामीप्य सदनलाई धन्यबाद ज्ञापन गर्दे विद्यायलमा शिक्षण सामाग्रीको अभाव भएको बताउनु भयो । विद्यालयको आर्थिक र भौतीक अबस्था कमजोर भएकोले मनकारीहरुकै पर्खाइमा रहेको बताउनु भयो ।
विद्यालयका सस्थापक उदय अर्यालले ठुलो दुख गरेर स्थापना गरेको विद्यालयमा नीजी विद्यालयको जतिकै शिक्षादिनु पर्नेमा जोड दिनु भयो । सामीप्य सदनका महासचिव टोल प्रसाद अर्यालले सदनका शुभचिन्तक एवं सदस्य विष्णु प्रसाद खनालको पहलमा न्यानोकपडा वितरण गरीएको बताउनु भयो ।

