जन्मदिन मनाउन मानब सेवा आश्रममा

पोखरा २९ घर भई विभिन्न सामाजिक संघ संसथामा सक्रिय गंगा मल्लले आफ्नो जन्मदिन मानब सेवा आश्रममा मनाउनु भएको छ । मल्ललले जन्मदिन मनाउने पैसाले आश्रममा रहेका ब्यक्तिहरुलाई एक छाक खाना खुवान सकेपनि त्यो उपयुक्त हुने भन्ने सोचेर जन्मदिन मनाउन मानब सेवा आश्रम पुगेको बताउनु भयो ।

जन्मदिन पहिलो पटक त्यसरी मनाउदा अन्य बर्षमा भन्दा पनि बढि खुशी मिलेको मल्लको भनाई थियो । मल्लले आफुले जस्तो अरुले पनि गर्नुपर्छ नभए पनि बेसाहराहरुलाई सहयोग गर्ने मानबको धर्मभएकोले सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो ।

Facebook Comments