पोखरा महानगरको वडा नंं. २५ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा महानगरपालिका वडा नम्वर २५ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । महानगरको न्यायिक समितिले तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उपप्रमुख गुरुङले वडा तहका विवाद वडामै समाधान गर्नसके सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो । विवादका पक्ष र विपक्ष दुवैलाई भावनात्मक रुपमा मिलाउनसके मात्रै समाजमा सद्भाव कायम हुने उहाँको भनाई रहेको छ ।

महानगरको न्यायिक समितिले सुचिकृत गरेको मेलमिलापकर्तामा वडा नम्वर २५ बाट १३ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । न्यायिक समिति सदस्य पार्वती कार्कीले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको उल्लेख गर्नुभयो । वडा नम्वर २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

वडा नम्वर २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता खगेन्द्रबहादुर थापा, पूर्व हेमजा गाविसका उपाध्यक्ष धर्मराज बास्तोला, महानगरका कानुन शाखाका कानुन अधिकृत राममणी अधिकारी लगायलते न्यायिक समितिले विवाद समाधान मार्फत सम्वन्धित वडाको विवाद समाधानका लागि केन्द्र स्थापनाले सहज हुने बताउनुभएको थियो । न्यायिक समितिले यसअघि वडा नम्वर ७, १३, ३०, २१ म मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।

Facebook Comments