लमजुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का
आइतबार अपरान्ह लमजुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १ मिनेट जाँदा समयमा लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरदेखि ४ कि. मि. उत्तर पश्चिम सिम्पानि भन्ने स्थानमा केन्द्रविन्दु रहेको ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प एकदम सानो र छोटो समय गएको हो । भुकम्प जाँदा लमजुङ सदरमुकाम बेशीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो । हालसम्म जनजीवनमा कुनै प्रभाव पारेको जानकारी नआएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंक ढकालले जानकारी दिनुभयो ।
Facebook Comments

