नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको म्याद पुनः थप

नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद पुनः थप गरेको छ । आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुने भएपछि पार्टीले यस्तो निर्णय गरेको प्रवक्ता शर्माको भनाई छ । उहाँका अनुसार हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको हो ।

यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद रहँदै आएको छ । जसका कारण ७ जना पदाधिकारीले राजीनामा समेत दिएका थिए । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।

Facebook Comments