स्याङजा सहयोग समाज कतारद्वारा स्वरेकमा एम्वुलेन्स अक्षयकोष निर्माणको लागि ५१हजार सहयोग
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्सलाई दिगो बनाउन चौतर्फी सहयोग जुट्दै गएको छ । नमुना स्वरेक सहयोगी समाजक स्याङजा र नमुना स्वरेक सहयोग समाज कतार द्धारा सञ्चालनमा आएको एम्वुलेन्सले असारदेखि स्वरेकमा सेवादिदै आएको छ ।

स्वरेकमा एम्वुलेन्स आबश्यकता महसुस गरेर शुरु भएको एम्वुलेन्स अभियान सफल भए संगै अहिले अभियानकर्ताहरु अक्षयकोष निर्माणमा लागेका छन््। यसैविच स्याङजा जिल्ला घर भई हाल कतारमा रहेका स्याङजालीहरुको लोकप्रिय संस्था स्याङजा सहयोग समाजले स्वरेकको एम्बुलेन्स दिगो बनाउन आफुहरुकोपनि साथ र सहयोग रहेको भन्दै ५१ ह्जार सहयोग घोषणा गरेको अभियानका संयोजक भेषराज पराजुलीले बताउनु भएको छ ।
समाजको हालै निबर्तमान अध्यक्ष बन्नुभएका धन्नजय लम्सालको विशेष पहलमा सहयोग रकम घोषणा भएको हो । एम्वुलेन्सलाई अक्षयकोष निर्माणपछि नमुना तरिकाले सञ्चालन गर्न सकिने विश्वास आफुहरुले लिएको नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले बताउनु भयो । अभियानका सह संयोजक जीवन पौडेलले राम्रो काममा सवैको हात र साथ मिल्ने भन्दे अक्षयकोष अभियान छिट्टै सफल हुने बताउनु भयो ।
समाजका सचिव इन्द्र प्रसाद पराजुली (नबराज)ले अभियान शुरु गरेदेखिनै आफुहरुले नसोचेको ठाउँबाट समेत राम्रो सहयोग पाएको भन्दै सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभयो ।
समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले आफ्नो पैसाले आफ्नो एम्बुलेन्स स्वरेकमा भएको बताउनु भएको छ । कुनै देशले दिने एम्बुलेन्स सहयोगले देशको शिरठाडो हुदैन भनेर आफ्नै मेहनत र पसिना बाट एम्बुलेन्स गुडाउन सफल भएकोमा गौरवलागेको बताउनु भयो ।
स्वरेकमा एम्बुलेन्स सञ्चालनमा आए संगै हालसम्म एम्बुलेन्स सेवा बाट १ लाख ४१ हजार आम्दानी र १ लाख २५ हजार खर्च भएको समाजका कोषाध्यक्ष समीक्षा पराजुलीले जानकारी दिनुभएको छ । अक्षयकोषको लागि झण्डै ३ लाख संकलन भएको र कम्तीमा दश लाख अक्षयकोष निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको पराजुलीले जानकारी दिनुभयो ।
स्वरेकमा एक घर एक आजिवन सदस्य अभियानलाई अब तिव्र पारिने भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले बताउनु भएको छ ।मेयर खनालले अभियानमा सहयोग रकम बोलेका र केही आजिवन सदस्य बनाउदा पनि राम्रै रकम अक्षयकोष्मा जम्माहुने बताउनु भयो ।

