सांसद सुर्य बहादुर केसीद्वारा प्रधानमन्त्री ओलीको प्रशंसा, पशुपति शर्मालाई ५१ हजार सहयोग गर्ने

प्रतिपक्ष नेपाली काग्रेसले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनपक्षीय काम नगरेको भन्दै विरोध गर्दै आएपनि नेपाली काग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद सुर्यबहादुर केसीले भने प्रंशसा गर्नुभएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सांसद केसीले प्रधानमन्त्री ओलीमा कुनै लोभ नभएको तर उहाँका केही मान्छेको कारण ओलीको भावनामा चोट पुर्याएको बताउनु भयो ।

सांसद केसीले वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारीको पनि नाम जोडिएकोले प्रधानमन्त्रीलाई सहयोग गर्नपनि अधिकारी सरकार बाहिर बस्न केसीले सुझाब दिनुभयो । वाइडबडी प्रकरणमा शेरबहादुर देउवाको पनि नाम जोडिएको छ नी भन्ने सञ्चारकर्मीको जिज्ञासामा केसीले शेरबहादुरलाई कार्वाही भए प्रधानमन्त्री ओलीलाई पनि कार्वाही हुनुपर्ने बताउनुभयो ।

केसीले गायक पशुपति शर्मालाई ५१ हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा देशको यथार्थलाई लुट कान्छा लुट भन्ने गीत मार्फत् उजागर गरेकाले प्रोत्साहनका लागि आफूले सहयोग गर्ने बताउनुभयो । सर्जकलाई राज्यले नै संरक्षण गर्नुपर्ने बेलामा आतंकित पार्ने काम भएकोमा उहाँले असन्तुष्टी जनाउनुभयो ।

Facebook Comments