माैसमः हिमाली क्षेत्रमा हल्का वर्षा एवं हिमपातकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक बादल लाग्नेको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भैरहेको छ ।

साेमबार देशभर आंशिक बादल लाग्नेछ । त्यस्तै देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेकाे तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।

रातकाे समयमा भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथ तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु एवं कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ । ।

Facebook Comments