नेपाल इन्जिनियरिङ कलेज निजी भएको दावी, गैरकानुनी लेनदेन भएको छैन : कलेज प्रशासन
नेपाल इन्जिनियरिङ कलेज सम्बन्धि विवाद शेयरधनीवीचको रहेको कलेजले नै स्पष्ट पारेको छ । स्वामित्व सम्बन्धि शेयरधनीहरुवीच विवाद नै प्रमुख रहेको विज्ञप्ति मार्फत् कलेजले स्पष्ट पारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक र कलेजका अध्यक्षवीच घुस लेनदेन सम्बन्धि भ्रामक विषय सार्वजनिक भएको कलेजले खेद व्यक्त गरेको छ ।
अख्तियारलाई स्वामित्व विवादमा कुनै सम्बन्ध नै नरहने कलेजले जिकीर गरेको छ । २०५१ सालदेखि सञ्चालित कलेज निजी लगानी र निजी स्वामित्वमा रहेको पनि कलेजले विज्ञप्तिमा जिकीर गरेको छ । कलेजका संचालक र शेयरधनीहरुवीच कुनै पनि व्यक्तिसँग गैरकानुनी लेनदेन नगरेको कलेजको विज्ञप्तिमा उल्लेख छ ।
२०६० सालमा स्थापित सामाजिक संस्थाका नाममा कलेजको कुनै सम्पत्ति हस्तान्तरण नभएको र कलेज संचालन नभएको जिकीर विज्ञप्तिमा गरिएको छ । प्रतिनिधिसभा संसदीय छानविन समितिले भने गैरनाफामूलक ढंगले नेपाल इन्जिनियरिङ कलेज सञ्चालन भएको ठहर गरेको थियो ।



