पोखरा विश्वविद्यालयमा ‘असामन्य’ अवस्था, शुत्रबार पठन पाठन बन्द हुने

पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विषयको परीक्षाफल प्रति असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेका छन् । विद्यार्थीहरुले परीक्षाफल प्रकाशनप्रति असन्तुष्टी जनाउँदै विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीलाई हातपात गरेको पोखरा विश्वविद्यालयले सूचना मार्फत् जनाएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कूल अफ इन्जिनियरिङको भवन, स्ववियू भवन लगायतमा तोडफोड गरेको पनि सूचनामा उल्लेख छ । विश्वविद्यालयले असहज परिस्थिति भएको भन्दै शुक्रबार पठनपाठन बन्द हुने पनि सूचना मार्फत जनाएको छ । परीक्षाका कार्यक्रम भने नियमित हुने विश्वविद्यालयले जनाएको छ ।

Facebook Comments