पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ : मेयर जिसी
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगर भन्दा उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरे मेलमिलापकर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिबृद्धि कार्यशालाको बिहीबार उद्घाटन गर्दै पमुख जिसीले महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक हुनुपर्ने बताउनुभयो ।
जनपतिनिधि र मेलमिलापकर्ता सवैका साझा भएकाले न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र रुपमा गनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायिक समिति र मेलमिलापकर्ता साच्चै न्यायमुक्ति बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ अभ्यास भएका कारण सिक्दै अगाडी बढनुपर्ने अवस्था रहेको बताउदै कानूनी सिमाभित्र रहेर न्याय निरुपण गर्नुपर्ने बताउनुभयो ।
मेलमिलापककर्ताको सोचमा परिर्वतन आउनुपर्ने र त्यस्तो हुन नसके परिणाम सकारात्मक हुन नसक्ने उहाँको भनाई थियो । प्रमुख जिसीले न्यायिक निकायका लागि तीन तहका अदालत रहेको र त्यहाँ जान डराउने भएकाले स्थानीय तहमै न्यायिक समितिको व्यवस्था गरिएकाले सहज र सरल तरिकाले विवादको मेलमिलाप मार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरका उपपमुख एवं न्यायिक समिति संयजोक मञ्जुदेवी गुरुङले मेलमिलापकर्ताको भुमिकालाई स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका विवादलाई मेलमिलाप मार्फत ब्यवस्थापन गर्नसके समाजमा सदभाव कायम हुने बताउनुभयो ।
पोखरा महानगरका पमुख पशासकीय अधिकृत शेषनारायण पौडेलले न्यायिक समितिले सविधान र स्थानीय सरकार सञ्चालन ऐनले तोकेको अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
न्यायिक समितिका सदस्य पार्वती कार्कीले न्यायिक समितिले समाजमा समाजिक सदभाव र शान्ति कायम गर्ने गरि मेलमिलापबाट विवाद समाधानमा पहल गर्ने बताउदै विवादका दुवै पक्षलाई जिताउने गरि मेलमिलाप गराउने बताउनुभयो । पोखरा महानगर न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अभिलेख संरक्षक राममणी अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

