प्रेस युनियन कास्की अध्यक्षमा सिग्देल विजयी

नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नविन सिग्देल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत चयन भएको थियो । समितिको खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल सहसचिवमा ज्योति हमाल सर्वसम्मत हुनुभयो ।

यस्तै खुल्ला सदस्यहरुमा कमल पौडेल, सन्तोष वस्याल, ठगराज शर्मा(विराज) सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ सुवाष पौडेल, अनिशा(जयन्ती) श्रेष्ठ, सुवाष आचार्य, महेन्द्र ढुंगाना तथा महिला सदस्यमा सपना अधिकारी, भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली निर्विरोध चयन भएका छन् ।

प्रदेश पार्षदमा टंकराज अधिकारी, कमल पौडेल अथक, हिमनिधी लौडारी केदार धमला, यज्ञराज पौडेल, पल्हादचन्द्र घिमिरे, दामोदर आचार्य, रामजी जिसी, बोधराज रेग्मी, मनोहरी पौडेल, सुदर्शन रञ्जित, राजेन्द्र आचार्य, महेन्द्र ढुंगाना, सुवाष आचार्य, अनन्त अधिकारी, नविन बराल, रमेश आचार्य, राजु ढकाल, पदम श्रेष्ठ, राममाया पौडेल, कमल बराल, धनबहादुर वस्नेत, मदन वस्नेत, मनोज गुरुङ, विजय अधिकारी, ललित गुरुङ, हरिप्रसाद भट्टराई, बेदनिधि तिमिल्सिना, शंकर तिवारी, उमेश पुन, निराजन अधिकारी, ओम लामा, सूर्यप्रसाद ढकाल अभियान कोईराला, विमल तिवारी तथा महिला पार्षदमा रविना आले, पारिजात खराल, अनिषा श्रेष्ठ, रिमा शाही, देविका तामाङ, रञ्जु आले, शोभा नेपाल, श्रद्धा सुवेदी, लक्ष्मी आले, सृजना बराल र सम्पदा बास्तोला रहेका छन् ।

केन्द्रीय पार्षदमा शिरोमणि बराल, गंगाधर पराजुली, रविन्द्रनाथ बास्तोला, राजबहादुर गुरुङ हेमराज बराल, प्रा.डा.बलराम उपाध्याय रेग्मी, वासुदेव मिश्र, तारानाथ गौतम पाखे, भरत कोइराला, वासुदेव पौडेल, वसन्तराज अधिकारी, ईश्वरप्रसाद भट्टराई, उत्तमप्रसाद पौडेल, हर्क आले, सुदिपराज ढुंगाना, परशुराम शर्मा, गणेश पहारी, रेमबहादुर विक, विष्णुप्रसाद खनाल, सोमनाथ बराल, भानु पराजुली, कविराज खनाल, कमल पराजुली, नगेनसिंह ठकुरी, रामप्रसाद भूर्तेल तथा महिला पार्षदमा विमला भण्डारी, सरस्वती गुरुङ, इन्दिरा गुरुङ, गिता विष्ट, सपना अधिकारी, भावना श्रेष्ठ सिता रेग्मी रहेका छन् ।

निर्वाचित अध्यक्ष नविन सिग्देलले प्रेस युनियनको उचाई बढाउनमा आफु र आफ्नो समिति सधै तल्लिन हुने बताउनुभयो । निवर्तमान अध्यक्ष शिरोमणि बरालले अधिवेशनलाई सफल बनाउने सवैप्रति आभार व्यक्त गर्नुभयो ।

Facebook Comments