पोखरा पर्स्याङमा एनआइसी एशिया बैंकको शाखा विस्तार
एनआइसी एशिया बैंक लि.ले पोखरा पर्स्याङमा शाखा विस्तार गरेको छ । पोखराको पर्स्याङमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर जिसीले बैंकहरु नाफासँगै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।
बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७७ शाखा कार्यालय सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ इकाई मार्फत बैंकले बैंकिङ सेवा प्रदान गर्दैै आइरहेको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब रहेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।
बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बताउनुभयाे । हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

