धादिङकाे मझिमटारमा पृथ्वी राजमार्ग २ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज मंगलबार पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

धादिङको मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिका लागि आज मंगलबार बिहान ९ देखि ११ बजेसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

सोमबारको निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पुनः सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Facebook Comments