नोभा इन्स्टिच्युट १५ औं बर्षमा प्रवेश
पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटले १४ औं बार्षिकोत्सव मनाएको छ । १५ औं बर्ष प्रवेशको अवसरमा संस्थाले आइतबार विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा शुभकामना आदानप्रदान आयोजना गर्यो ।
शुभकामना आदान प्रदान कार्यक्रमसहित केक काटेर वार्षिकोत्सव मनाइएको संस्थाका प्रवन्ध निर्देशक सवी शेरचनले जानकारी दिनुभयो । निर्देशक शेरचनका अनुसार इन्स्टिच्युटले १५ वर्षको अवधिमा हजारौं विद्यार्थीलाई कम्प्युटर तालिम दिइसकेको छ । इन्स्टिच्युट बाट धेरैले कम्प्युटरको आवश्यक ज्ञान तथा शिक्षा लिइ आत्मनिर्भर समेत बनेका उहाँको भनाई छ ।
संस्थामा कम्प्युटर तालिमको साथमा अँग्रेजी, जापानीज र कोरियन भाषाका कक्षाहरु पनि सञ्चालनमा रहेका छन् । सस्थाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासमेत प्रदान गरिने निर्देशक शेरचनले जानकारी दिनुभयो ।
जापान र कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श प्रदान गरिने उहाँले बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन पश्चात नेपालमै फर्किएर पेशा व्यवसायका लागि प्रोत्साहन गरिने संस्थाले जनाएको छ । क्यान कास्कीसँगको सहकार्यमा गत वर्ष गृहिणी महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरेको संस्थाले यस वर्ष दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम दिइरहेको छ ।
बार्षिकाेत्सवका अवसरमा कास्कीकाे भरतपाेखरी उपल्लो पुडिटारमा रहेकाे जनजागृती माध्यमिक विधालयमा ४ थान कम्प्युटर पनि बितरण गरिएको थियो ।

