प्रेस युनियन कास्कीका नवनिर्वाचितलाई सम्मान
नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पोखरामा सोमबार सम्मान गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सीले प्रेस स्वत्रन्त्रताका लागि काँग्रेस प्रतिवद्व रहेको बताउनुभयो । केसीले लोकतन्त्रमा प्रेस माथि हस्तक्षेप गर्न खोजिए स्वीकार्य नहुने उल्लेख गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिुनभयो ।
पत्रकारहरुको हक हितका लागि न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो । प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले पत्रकारको हक, हितकालागि युनियनले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

